नेपाल पुनर्बीमा कम्पनीको आईपीओ बुधबार विहान बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक आरबिबि मर्चेन्टका अनुसार योग्य आवेदकमध्ये १० देखि ४० कित्तासम्म माग गर्ने सबैले माग गरेजति सेयर पाएका छन् । ५० कित्ता वा सो भन्दा बढी आवेदन गरेकामध्ये ७७ हजार २ सय ४५ जनालाई थप १० कित्ता सेयर परेको छ ।

२७,७४८ आवेदकले १० कित्ता पाए,
१५,५९० आवेदकले २० कित्ता पाए
१२,७२३ आवेदकले ३० कित्ता पाए
२०,९२९ आवेदकले ४० कित्ता पाए
३१,३६४८ आवेदकले ४० कित्ता पाए (जस मध्येका ७७,२४५ आवदेकले थप १० कित्ता सेयर गरी कुल ५० कित्ता सेयर पाए ।

उक्त आईपीओमा कुल आवेदकमध्ये ३ लाख ९० हजार ६ सय ३८ जनाको आवेदन योग्य भएको छ । आईपीओमा कुल ३ लाख ९१ हजार ६ सय २६ जनाले आवेदन दिएका थिए ।

हाल यस कम्पनीको चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्री तथा वितरणपछि चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुग्नेछ ।

Visa Travels