jyoti life insurance

ज्योति लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

यस त्रैमासमा ११ करोड ५१ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १० करोड ०७ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा १४.२८% ले बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीले १ अर्ब १० करोड खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ५६ करोड ६८ लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । त्यसैगरी लगनी, कर्जा तथा अन्यबाट ८ कारोड ९२ लाख र वीमालेख धितो कर्जाबाट ५९ लाख १५ हजार आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ३८ लाख ५४ हजार खुद दावी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन वापत १८करोड ३१ लाख र व्यवस्थापन खर्च २३ कोरोड ३१ लाख गरेको छ ।

यस कम्पनीको कुल कायम रहेको वीमालेखको संख्या ४१ हजार १ सय २६ रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ५४ करोड रहेको छ भने जगेडा कोषमा ३७ करोड ३९ लाख रहेको छ । कम्पनीको जिवन बीमा कोषमा १ अर्ब ४० करोड र महाविपत्ती जगेडामा ४ करोड १५ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु ९.९७ र नेटवर्थ रु १२६.९८ रहेको छ ।

Visa Travels