प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ३१.१९% ले बृद्धि भएको छ ।
बैंकले यस त्रैमासमा २ अर्ब ०३ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ५४ करोड आर्जन गरेको थियो । कैलाश विकास बैंकलाई प्राप्ति पछि बैंकले यो वृद्धि हासिल गरेको हो ।
कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ६४ करोड १२ लाख रहेको छ ।
बैंकले १ खर्ब १४ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ११ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७७ अर्व ०४ करोड निक्षेप संकलन गरेर ७२ अर्ब ५४ करोड कर्जा विस्तार गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी ३ अर्ब ३४ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ६० करोड रहेको थियो ।
त्यसैगरी सञ्चालन मुनाफा २ अर्ब ८९ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १९ करोड रहेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी १३ अर्ब ९८ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब ३१ करोड रहेको थियो । जगेडा कोषमा २ अर्ब ५० करोडबाट ५ अर्ब ४५ करोड रहेको छ भने कम्पनीको संचित नाफा ७८ करोड ८४ लाख र सेयर प्रिमियम ६४ लाख रहेको छ ।
बैंकको निष्कृय कर्जा अनुपात ०.९७% छ भने गत बर्ष १.५८% रहेको थियो । कोषको लागत ८.०३%, बेसरेट ९.८५% र कर्जा निक्षेप अनुपात ७६.५५% रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु १९.३६, नेटवर्थ रु १४४.६२ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १३.०२ गुणा रहेको छ ।