सरकारले शैक्षिक बेरोजगार युवाहरुलाई स्वारोजगार बनाउन प्रोजेक्ट बेस फाइनान्सिङ गर्ने भएको छ ।

शिक्षित बेरोजगारलाई स्वारोजगार बनाई बेरोजगारी अन्त्य गर्न जसले जे विषय अध्ययन गरेको हो त्यससँग सम्बन्धित पेशा व्यवसाय वा उद्यम गर्न परियोजना धितोमै रकम उपलब्ध गराइने छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो जानकारी दिएकी हुन् ।

Visa Travels