नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ । देवकोटाका अनुसार सोमबार बाँकेमा ४६ पुरुष र एक महिला गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा एक जना पुरुष, भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुष र धुलीखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना, रौतहटका १ जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।