आरम्भ लघुवित्तको खुद नाफा ८५.८३% ले बृद्धि

financial reports

आरम्भ लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा ८५.८३% ले बृद्धि भएको छ ।

लघुवित्तले यस त्रैमासमा १ करोड ०४ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ५५ लाख ९७ हजार नाफा आर्जन गरेको थियो ।

लघुवित्तले ४३ करोड १२ लाख कर्जा सापटी र १९ कारोड ४३ लाख निक्षेप संकलनगरेर ६५ करोड ७७ लाख कर्जा विस्तार गरेको छ ।

लघुवित्तको खुद व्याज आम्दानी ३ करोड १० लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा २ करोड ३६ लाख रहेको थियो ।

लघुवित्तको सञ्चालन मुनाफा १ करोड ६३ लाख रहेको छ भने गत आर्थिक वर्षमा ८४ लाख ३३ हजार रहेको थियो ।

वित्तीय संस्थाको मुख्य आम्दानीको श्रोत खुद व्याज आम्दानीमा बृद्धि आउँदा नाफा बढेको हो ।
हाल कम्पनीको चुक्तापुँजी ६ करोड ४४ लाख रहेको छ भने जगेडा कोषमा १ करोड ८४ लाख रहेको छ ।

लघवित्तको निष्कृय कर्जा १.१५% रहेको छ भने गत आर्थिक वर्षमा २.५९% रहको थियो ।

कम्पनीको प्रति सेयर आम्दानी रु २१.५२ र नेटवर्थ रु १२८ रहेको छ ।

Like & Share on: