agricultural development bank

कृषि विकास बैंकले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ

बैंकले यस त्रैमासमा २ अर्ब ०४ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २ अर्ब २१ करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ७.७८% ले घटेको छ । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा १ अर्ब २५ करोड रहेको छ ।

बैंकले  १ खर्ब ३० अर्ब निक्षेप संकलन गरेर १ खर्ब २१ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब १८ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ०८ अर्ब कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ४ अर्ब ३६ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ३० करोड रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा २ अर्ब ७० करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ७६ करोड रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ९ अर्ब ५५ करोड र अग्राधिकार सेयर ५ अर्ब ४३ करोड रहेको छ भने जगेडा कोषमा १० अर्ब ४३ करोड रहेको छ । कम्पनीको संचित नाफा २ अर्ब ४३ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ३.६५% छ भने गत बर्ष ४.२२% रहेको थियो । कोषको लागत ७.३६%, बेसरेट ९.९७% र कर्जा निक्षेप अनुपात ७८.२९% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु २६.५५, नेटवर्थ रु २३२.११ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १३.८६ गुणा रहेको छ ।

Visa Travels