first microfinance laghubitta

फर्स्ट  माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा ५.६८% ले गिरावट आएको छ ।

लघुवित्तले यस त्रैमासमा ८ करोड ६६ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ९ करोड १८ लाख आर्जन गरेको थियो ।

लघुवित्तले ५ अर्ब ६८ करोड कर्जा सापटी गरेर ५ अर्ब ५७ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ७५ करोड कर्जा सापटी गरेर ५ अर्ब १८ करोड कर्जा विस्तार गरेको थियो ।

लघुवित्तको खुद व्याज आम्दानी १३ करोड ८७ लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा १४ करोड ४९ लाख रहेको थियो ।

लघुवित्तको सञ्चालन मुनाफा १३ करोड ७३ लाख रहेको छ भने गत आर्थिक वर्षमा १४ करोड ४४ लाख रहेको थियो ।

वित्तीय संस्थाको मुख्य आम्दानीको श्रोत खुद व्याज आम्दानीमा कमी आउँदा नाफा घटेको हो ।

हाल कम्पनीको चुक्तापुँजी ८० करोड ०७ लाख रहेको छ भने जगेडा कोषमा १९ करोड ३८ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १४.४३ र नेटवर्थ रु १२४.२१ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात २८.७६ गुणा रहेको छ ।

Visa Travels