Gurans life insurance

गुराँस लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

यस त्रैमासमा ८ करोड ३७ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ५ करोड ६५ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा ४८.०१% ले बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीले १ अर्ब ३५ करोड खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा १ अर्ब १२ करोड खुद वीमाशुल्क आर्जन गरेको थियो । त्यसैगरी लगानी, कर्जा तथा अन्यबाट ४६ कारोड ४७ लाख र वीमालेख धितो कर्जाबाट ३ करोड ५२ लाख आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले २१ करोड ३५ लाख खुद दावी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन वापत १७ करोड १३ लाख र व्यवस्थापन खर्च १८ कोरोड ५७ लाख गरेको छ ।

यस कम्पनीको कुल कायम रहेको वीमालेखको संख्या २ लाख २ हजार ३ सय ५६ रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी ९३ करोड ८५ रहेको छ भने जगेडा कोषमा ३ करोड ६६ लाख रहेको छ । कम्पनीको जिवन बीमा कोषमा ७ अर्ब १० करोड र महाविपत्ती जगेडामा ४ करोड ४२ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु ११.९० र नेटवर्थ रु १४३.५ रहेको छ ।

Visa Travels