बीमा समितिले अनलाइन मार्फत बीमालेख जारी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
समितिले अनलाईन विधिबाट जारी गर्दा नन मेडिकल लिमिट भित्रका बीमालेखहरु समितिबाट जारिएकोलघुबीमाका निर्देशिका बमोजिम हुनेगरी अधिकतम ३ लाख रुपैयाँ सम्म बीमांकको बीमालेख अनलाइन मार्फत जारी गर्न निर्देशन दिएको छ ।
बीमकको विद्यमान बीमालेख वितरण प्रणाली अन्तर्गत रहि बीमालेखको प्रस्ताव फारम अनलाइन मार्फत भराउने र पर्याप्त रुपमा बीमा जोखिमाङकन गरी बीमालेख जारी गर्न सकिने व्यवस्था गरेको छ ।
यस्तै बीमालेखको प्रस्ताव फारम भर्दा ग्राहक पहिचान फारम समेत भर्नुपर्ने व्यवस्था गरेको छ ।
बीमालेख अन्तर्गतको शुल्क भने विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको मोवईल बैकिङ तथा अनलाइन मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।