lumbini bikas bank

लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ ।

बैंकले यस त्रैमासमा ४३ करोड ७६ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ३७ करोड ५४ लाख आर्जन गरेको थियो । कम्पनीको खुद नाफा १६.५६% ले बृद्धि भएको छ ।

कम्पनीको हाल सम्मको वितरण योग्य नाफा १० करोड ३२ लाख रहेको छ ।

बैंकले २४ अर्ब ४१ करोड निक्षेप संकलन गरेर २३ अर्ब ८२ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २१ अर्ब ४९ करोड निक्षेप संकलन गरेर २१ अर्ब १४ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ९० करोड १४ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ७८ करोड ७८ लाख रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा ६२ करोड ५३ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५१ करोड ३० लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ७१ करोड रहेको छ भने गत जगेडा कोषमा १ अर्ब ४५ करोड रहेको छ । कम्पनीको संचित नाफा १० करोड ७८ लाख रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात १.६०% छ भने गत बर्ष २.१३% रहेको थियो ।

कम्पनीको प्रति सेयर आम्दानी रु २१.४८, नेटवर्थ रु १५७.७२ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ८.२९ गुणा रहेको छ ।

Visa Travels