manjushree finance

मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा ३२२.४७% ले बृद्दी आएको छ ।

लघुवित्तले यस त्रैमासमा १९ करोड ३२ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ४ करोड ५७ लाख आर्जन गरेको थियो ।

हाल सम्म यस फाइनान्सको वितरण योग्य मुनाफा ११ करोड ०६ लाख रहेको छ ।

फाईनान्सले ५ अर्ब ५० करोड निक्षेप संकलन गरेर ५ अर्ब ६३ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ६१ करोड कर्जा सापटी गरेर ५ अर्ब ३९ करोड कर्जा विस्तार गरेको थियो ।

लघुवित्तको खुद व्याज आम्दानी २९ करोड ११ लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा १८ करोड ९३ लाख रहेको थियो ।

लघुवित्तको सञ्चालन मुनाफा १६ करोड २७ लाख रहेको छ भने गत आर्थिक वर्षमा ५ करोड ६५ लाख रहेको थियो ।

वित्तीय संस्थाको मुख्य आम्दानीको श्रोत खुद व्याज आम्दानीमा वृद्धि सँगै इम्पेरिमेन्ट चार्ज घट्दा नाफा बढेको हो ।

हाल कम्पनीको चुक्तापुँजी ८१ करोड रहेको छ भने जगेडा कोषमा १९ करोड ७२लाख रहेको छ भने संचित नाफा ११ करोड ९ लाख रहेको छ।

बैंकको निष्कृय कर्जा अनुपात ३.३४% छ भने गत बर्ष २.९६% रहेको थियो । कोषको लागत ९.२१%, बेसरेट १०.७१% र कर्जा निक्षेप अनुपात ७९.६७% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु ३१.४९ र नेटवर्थ रु १२५.८ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ७.८९ गुणा रहेको छ ।

Visa Travels