Muktinath bikas bank

मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले यस त्रैमासमा ६७ करोड ६० खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ६२ करोड ५५ आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ८.०७% ले बृद्धि भएको छ ।

कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ३२ करोड ३७ लाख रहेको छ ।

बैंकले ५० अर्ब ९४ करोड निक्षेप संकलन गरेर ४७ अर्ब ५६ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४१ अर्ब ४७ करोड निक्षेप संकलन गरेर ३८ अर्ब १४ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी १ अर्ब ६९ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३६ करोड रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा ९६ करोड ५७ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ९० करोड ४४ लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ४ अर्ब ३२ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ०६ करोड रहेको थियो । जगेडा कोषमा १ अर्ब ०२ करोड रहेको छ भने कम्पनीको संचित नाफा ३४ करोड ८० लाख रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.९% छ भने गत बर्ष ०.०३% रहेको थियो । कोषको लागत ८.६३%, बेसरेट ११.३९% र कर्जा निक्षेप अनुपात ७७.८२% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु २१.११, नेटवर्थ रु १३३.३० रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १४.०३ गुणा रहेको छ ।

Visa Travels