nabil bank

नविल बैंकले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले यस त्रैमासमा ३ अर्ब १५ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ३ अर्ब १९ करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा १.०१% ले घटेको छ ।

कम्पनीको हाल सम्मको वितरण योग्य नाफा २ अर्ब ०९ करोड रहेको छ ।

बैंकले १ खर्ब ७१ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ४९ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६२ अर्ब निक्षेप संकलन गरेर १ खर्ब २७ अर्ब कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ५ अ
र्ब ३७ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ४१ करोड रहेको थियो ।
त्यसैगरी सञ्चालन मुनाफा ४ अर्ब ५० करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ५० करोड रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी १० अर्ब ०९ करोड रहेको छ भने जगेडा कोषमा १२ अर्ब ७६ करोड रहेको छ । कम्पनीको संचित नाफा २ अर्ब ०९ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.६३% छ भने गत बर्ष ०.६४% रहेको थियो । कोषको लागत ६.५५%, बेसरेट ७.८२% र कर्जा निक्षेप अनुपात ७८.८८% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु ४५.७४, नेटवर्थ रु २४७.२१ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १६.८१ गुणा रहेको छ ।

Visa Travels