nepal bank

नेपाल बैंकले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ११.०८% ले गिरावट आएको छ ।

बैंकले यस त्रैमासमा १ अर्ब ९९ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २ अर्ब २४ करोड आर्जन गरेको थियो । कम्पनीको वितरण योग्य नाफा ६ करोड १९ लाख ऋणात्मक रहेको छ ।

बैंकले १ खर्ब २२ अर्ब  निक्षेप संकलन गरेर १ खर्ब ०१ अर्बकर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब १७ अर्ब  निक्षेप संकलन गरेर ९२ अर्ब ४२ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ४ अर्ब २१ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ७२ करोड रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा २ अर्ब ६५ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब १२ करोड रहेको थियो ।

बैंकको मुख्य आम्दानी व्याज आम्दानी र शुल्क कमिसन आम्दानीमा गिरावट आउँदा नाफा घटेको हो ।

हाल कम्पनीको चुक्तापुँजी ९ अर्ब ८१ करोड रहेको छ भने जगेडा कोषमा १४ अर्ब १७ करोड रहेको छ । कम्पनीको संचित नाफा १ अर्ब ८५करोड रहेको छ भने सेयर प्रिमियम ३ अर्ब २६ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात २.६४% छ भने गत बर्ष २.७१% रहेको थियो । कोषको लागत ४.९१%, बेसरेट ७.४९% र कर्जा निक्षेप अनुपात ७३.६५% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु २७.१३, नेटवर्थ रु २९६.६३ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ९.२५ गुणा रहेको छ ।

Visa Travels