नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफा ५९ करोड -८अर्बको आईपिओ जारी गर्ने तयारीमा

nepal infrastructure bank

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा २०% ले बृद्धि भएको छ ।

बैंकले यस त्रैमासमा ५९ करोड ६४ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ४९ करोड ६७ लाख आर्जन गरेको थियो ।

बैंकले २५ करोड निक्षेप संकलन गरेर ५८ करोड २९ लाख कर्जा विस्तार गरेको छ ।
बैंकको खुद व्याज आम्दानी ९२ करोड ७६ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ८२ करोड ४५ लाख रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा ८५ करोड ०९ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ७० करोड ९६ लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी १२ अर्ब रहेको छ भने जगेडा कोषमा १ अर्ब ४९ करोड रहेको छ । ८ अर्ब बराबरको आईपिओ निष्काशनको तयारीमा रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु ६.६३ रहेको छ ।

Like & Share on: