नेपाल इन्स्योरेन्सको खुद नाफा १३ करोड ४० लाख – प्रति सेयर आम्दानी कति ?

nepal insurance

नेपाल इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

यस त्रैमासमा १३ करोड ४० लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १३ करोड ०६ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा २.६४% ले बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीले ४३ करोड खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ३८ करोड ६७ लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । त्यसैगरी पुनर्वीमा कमिशनबाट १२ कारोड २६ लाख र लगनी, कर्जा तथा अन्यबाट ५ कारोड २८ लाख आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ९ करोड ८२ लाख खुद दावी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन वापत १ करोड ५९ लाख र व्यवस्थापन खर्च १६ कोरोड ६९ लाख गरेको छ ।

कुल भुक्तानी हुन बाँकी दावी रकम रु ९३ करोड ३९ लाख रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ०९ करोड रहेको छ भने जगेडा कोषमा ३४ करोड ५८ लाख रहेको छ । कम्पनीको बीमा कोषमा ३६ करोड ४७ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १६.३२ र नेटवर्थ रु १६४.८६ रहेको छ । मुल्य आम्दानी अनुपात २१.२६ गुणा रहेको छ ।

Like & Share on: