प्राइम लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
यस त्रैमासमा १८ करोड ३० लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १६ करोड ३६ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा ११.८६% ले बृद्धि भएको छ ।
यस अवधिमा कम्पनीले २ अर्ब २३ करोड खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा १ अर्ब ८७ करोड खुद वीमाशुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले ४५ करोड ३२ लाख खुद दावी भुक्तानी गरेको छ ।
हाल कम्पनीको चुक्तापुँजी २ अर्ब रहेको छ भने जगेडा कोषमा १ अर्ब ०५ करोड ३९ लाख रहेको छ । कम्पनीको जिवन बीमा कोषमा १० अर्ब ६६ करोड रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु १२.१६ र नेटवर्थ रु १५९.०६ रहेको छ ।