siddhartha insurance

सिद्धार्थ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

यस त्रैमासमा १६ करोड ०३ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १८ करोड १० लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा ११.४२% ले घटेको हो ।

यस अवधिमा कम्पनीले ६१ करोड ११ लाख खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ६१ करोड १९ लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । त्यसैगरी पुनर्वीमा कमिशनबाट २५ कारोड ६१ लाख र लगनी, कर्जा तथा अन्यबाट ६ कारोड ६५ लाख आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ३७ करोड २२ लाख खुद दावी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन वापत ३ करोड २५ लाख र व्यवस्थापन खर्च २२ कोरोड ७३ लाख गरेको छ ।

कुल भुक्तानी हुन बाँकी दावी रकम रु ८१ करोड ४३ लाख रहेको छ । कम्पनीको कुल नविकरण गरिएको वीमालेखको संख्या २० हजार २ सय ५७ रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब रहेको छ भने जगेडा कोषमा २३ करोड ८४ लाख रहेको छ । कम्पनीको बीमा कोषमा ७५ करोड ७६ लाख र महाविपत्ति जगेडामा ८ करोड ७८ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु २१.३८ र नेटवर्थ रु २०८.३९ रहेको छ । मुल्य आम्दानी अनुपात २१.५२ गुणा रहेको छ ।

Visa Travels