bank of kathmandu

बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले यस त्रैमासमा ८७ करोड ३४ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब २० करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा २७.४९% ले घटेको छ ।

कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ऋणात्मक ९ करोड ०८ लाख रहेको छ ।

बैंकले ८९ अर्ब ७७ करोड निक्षेप संकलन गरेर ७८ अर्ब ७२ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८२ अर्ब ७२ करोड निक्षेप संकलन गरेर ७० अर्ब ४७ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी २ अर्ब ८७ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ७३ करोड रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब २३ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७१ करोड रहेको थियो ।

बैंकको इम्पेरिमेन्ट चार्ज बृद्धि भई ८० कारोड ६५ लाख र संचालक र्खचमा बृद्धि भई ५८ कारोड ९९ लाख हुँदा नाफा घटेको हो ।

हाल कम्पनीको चुक्तापुँजी ८ अर्ब ५४ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ८ अर्ब ०६ करोड रहेको थियो । जगेडा कोषमा ५ अर्ब २० करोड रहेको छ भने कम्पनीको संचित नाफा ऋणात्मक ८ करोड ५९ लाख रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात १.५३% छ भने गत बर्ष २.१२% रहेको थियो । कोषको लागत ७.२८%, बेसरेट ९.३३% र कर्जा निक्षेप अनुपात ७७.५४% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १९.९२ बाट घटेर रु १३.६३, नेटवर्थ रु १५९.९२ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १५.९९ गुणा रहेको छ ।

Visa Travels