financial reports

सिभिल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा ९.०२% ले बृद्दी छ ।

लघुवित्तले यस त्रैमासमा १ करोड २६ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ करोड १६ लाख नाफा आर्जन गरेको थियो ।

लघुवित्तले ७३ करोड ४४ लाख कर्जा सापटी र ३८ करोड ४२ लाख निक्षेप संकलन गरेर १ अर्ब २५ करोड कर्जा विस्तार गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ४९ करोड ६९ लाख कर्जा सापटी र २३ करोड ५२ लाख निक्षेप संकलन गरी ८७ करोड ६० लाख कर्जा विसतार गरेको थियो ।

लघुवित्तको खुद व्याज आम्दानी ५ करोड ९२ लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा ४ करोड ५२ लाख रहेको थियो ।

लघुवित्तको सञ्चालन मुनाफा ९३ लाख १८ हजार  रहेको छ भने गत आर्थिक वर्षमा १ कारोड ८२ लाख रहेको थियो । संस्थाले १ कारोड २० लाख प्रोभिजन गरेको छ ।

वित्तीय संस्थाको मुख्य आम्दानीको श्रोत खुद व्याज आम्दानीमा बृद्धि सँगै प्रोभिजन गरेको ९५ लाख ४८ हजार राइट व्याक गर्दा खुद नाफा बढेको हो ।

हाल कम्पनीको चुक्तापुँजी ११ करोड ४१ लाख रहेको छ भने जगेडा कोषमा ३ करोड ८४ लाख रहेको छ ।

लघवित्तको निष्कृय कर्जा २.६६% रहेको छ भने गत आर्थिक वर्ष १.२९% रहेको थियो ।

कम्पनीको प्रति सेयर आम्दानी रु १४.८२ र नेटवर्थ रु १२३.६० रहेको छ । मुल्य आम्दानी अनुपात ७०.३१ गुणा रहेको छ ।

Visa Travels