everest bank

एभरेष्ट बैंकले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले यस त्रैमासमा २ अर्ब ३५ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २ अर्ब २१ करोड आर्जन गरेको थियो ।

बैंकले १ खर्ब ४० अर्ब करोड निक्षेप संकलन गरेर १ अर्ब १४ करोड कर्जा विस्तार गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ४ अर्ब ४३ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब १० करोड रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा ३ अर्ब ३६ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब १६ करोड रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ८ अर्ब ५१ करोड रहेको छ भने जगेडा कोषमा ७ अर्ब ८१ करोड रहेको छ । कम्पनीको संचित नाफा १ अर्ब ८५ करोड र २३ करोड सेयर प्रिमियम रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी रु ३७.०३ रहेको छ ।

Visa Travels