Global IME Bank

ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । जनता बैंकसँग मर्ज गरेको यस बैंकको नाफा ४४.३६% ले बृद्धि भएको छ ।

बैंकले यस त्रैमासमा २ अर्ब ७० करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ८७ करोड आर्जन गरेको थियो ।  कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ५७ करोड ९५ रहेको छ ।

बैंकले २ खर्ब ०१ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ९५ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २० अर्ब निक्षेप संकलन गरेर १ खर्ब ०८ अर्ब कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ६ अर्ब रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६८ करोड रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा ३ अर्ब ७९ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ६४ करोड रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी १८ अर्ब ९७ करोड रहेको छ भने जगेडा कोषमा ९ अर्ब १४ करोड रहेको छ । कम्पनीको संचित नाफा ४६ करोड ४९ लाख रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात १.१४% छ भने गत बर्ष ०.७६% रहेको थियो । कोषको लागत ६.८४%, बेसरेट ९.४१% र कर्जा निक्षेप अनुपात ७९.६९% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु २२.१६, नेटवर्थ रु १५०.६५ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १२.५० गुणा रहेको छ ।

Visa Travels