grameen bikas laghubitta

ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले यस त्रैमासमा ५ करोड १२ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १६ करोड ४४ लाख नाफा आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ६८.८० प्रतिशतले घटेकोे छ ।

लघुवित्तले ४ अर्ब ६४ करोड र ३ अर्ब ५८ करोड कर्जा सापटी गरेर १० अर्ब ५४ करोड कर्जा विस्तार गरेको छ ।

लघुवित्तको खुद व्याज आम्दानी ६६ करोड ३३ लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा ६६ करोड ५३ लाख रहेको थियो ।

लघुवित्तको सञ्चालन मुनाफा ३ करोड १० लाख रहेको छ भने गत आर्थिक वर्षमा २१ कारोड ६० लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ९८ करोड २५ लाख रहेको छ भने जगेडा कोषमा ५६ करोड ८२ लाख रहेको छ । लघुवित्तले १८ कारोड ४२ लाख प्रोभिजनिङ गरेको छ ।

खराव कर्जामा बृद्धि र कर्मचारी खर्चमा बृद्धि हुँदा संस्थाको नाफा घटेको हो ।

लघवित्तको निष्कृय कर्जा ७.८१% रहेको छ भने गत आर्थिक वर्ष ४.७६ % रहेको थियो ।

कम्पनीको प्रति सेयर आम्दानी रु ६.९६ र नेटवर्थ रु १५७.८४ रहेको छ । मुल्य आम्दानी अनुपात ५८.०५ गुणा रहेको छ ।

Visa Travels