आइएमई जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
यस त्रैमासमा १० करोड ७३ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १० करोड कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा ७.३५% ले बृद्धि भएको छ ।
यस अवधिमा कम्पनीले ३६ करोड २७ लाख खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ३९ करोड ५१ लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । त्यसैगरी पुनर्वीमा कमिशनबाट १२ कारोड ०९ लाख र लगनी, कर्जा तथा अन्यबाट ३ कारोड १४ लाख आर्जन गरेको छ ।
यस अवधिमा कम्पनीले १५ करोड ४० लाख खुद दावी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन वापत २ करोड ४० लाख र व्यवस्थापन खर्च १३ कोरोड ४७ लाख गरेको छ ।
कुल भुक्तानी हुन बाँकी दावी रकम रु ६४ करोड ८७ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ०२ करोड रहेको छ भने जगेडा कोषमा २१ करोड ९४ लाख रहेको छ । कम्पनीको बीमा कोषमा ३० करोड ४७ लाख रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु १४.०२ र नेटवर्थ रु १५१.३६ रहेको छ । मुल्य आम्दानी अनुपात २४.७५ गुणा रहेको छ ।