infinity laghubitta bittiya sanstha

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले यस त्रैमासमा ३ करोड ६५ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २ करोड १९ लाख नाफा आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ६६.७६% ले बृद्धि भएको छ ।

लघुवित्तले १ अर्ब ०१ करोड कर्जा सापटी र ६४ करोड ३१ लाख निक्षेप संकलन गरेर १ अर्ब ९४ करोड कर्जा विस्तार गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ८५ करोड ५६ लाख कर्जा सापटी र ४५ करोड ६७ लाख निक्षेप संकलन गरी १ अर्ब ४३ करोड कर्जा विस्तार गरेको थियो ।

लघुवित्तको खुद व्याज आम्दानी १० करोड ३५ लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा ५ करोड ९४ लाख रहेको थियो ।

लघुवित्तको सञ्चालन मुनाफा ५ करोड ८० लाख रहेको छ भने गत आर्थिक वर्षमा ३ कारोड ४४ लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी २२ करोड ८१ लाख रहेको छ भने जगेडा कोषमा ६ करोड ८२ लाख रहेको छ ।

लघवित्तको निष्कृय कर्जा २.६७% रहेको छ भने गत आर्थिक वर्ष १.०१% रहेको थियो ।

कम्पनीको प्रति सेयर आम्दानी रु २१.३८ र नेटवर्थ रु १२९.९० रहेको छ । मुल्य आम्दानी अनुपात ३८.२६ गुणा रहेको छ ।

Visa Travels