mahalaxmi life insurance

महालक्ष्मी लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

यस त्रैमासमा ६ करोड ५८ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ६ करोड २२ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा ५.७२% ले बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीले ३९ करोड ३१ लाख खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ३ करोड ३७ लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । त्यसैगरी लगनी, कर्जा तथा अन्यबाट ३ कारोड १५ लाख आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले १४ लाख ८९ हजार खुद दावी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन वापत ६ करोड २३ लाख र व्यवस्थापन खर्च १० कोरोड ३४ लाख गरेको छ ।

यस कम्पनीको कुल कायम रहेको वीमालेखको संख्या ८ हजार ८ सय ७२ रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रहेको छ भने जगेडा कोषमा ७ करोड ०२ लाख रहेको छ । कम्पनीको जिवन बीमा कोषमा ४९ करोड १९ लाख र महाविपत्ती जगेडामा ७८ लाख रहेको छ ।

Visa Travels