mega bank

मेगा बैंक नेपालले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले यस त्रैमासमा १ अर्ब ४५ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब २१ करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा १९.५०% ले बृद्धि छ । वितरण योग्य नाफा ४५ करोड ९८लाख रहेको छ ।

बैंकले ८५अर्ब ०७ करोड निक्षेप संकलन गरेर ७८ अर्ब ७४ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७८ अर्ब ६८ करोड निक्षेप संकलन गरेर ६९ अर्ब ८६ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ३ अर्ब १८ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ७५ करोड रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा २ अर्ब ०७ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७० करोड रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी १० अर्ब ३८ करोड छ भने जगेडा कोषमा १ अर्ब ९० करोड रहेको छ । कम्पनीको संचित नाफा १ अर्ब ४३ ६४ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात १.३२% छ भने गत बर्ष १.४२% रहेको थियो । कोषको लागत ७.१८%, बेसरेट ९.९४% र कर्जा निक्षेप अनुपात ७७.४८% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १८.८३ नेटवर्थ रु १३२.१९ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १०.६७ गुणा रहेको छ ।

Visa Travels