एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ ।
आक्रमक शाखा तथा सेवा विस्तार गर्दैै आएको यस बैंकले यस त्रैमासमा २ अर्ब ५० करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २ अर्ब २७ करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ९.९३% ले बृद्धि भएको छ ।
कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ४० करोड ७४ लाख रहेको छ ।
बैंकले १ खर्ब ८६ अर्ब ८१ करोड निक्षेप संकलन गरेर १ खर्ब ६१ अर्ब १८ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ७१ अर्ब ४२ करोड निक्षेप संकलन गरेर १ खर्ब ४२ अर्ब ५७ करोड कर्जा विस्तार गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी ५ अर्ब ५२ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ३२ करोड रहेको थियो ।
त्यसैगरी सञ्चालन मुनाफा ३ अर्ब ६० करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब २२ करोड रहेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी ९ अर्ब ७१ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ८ अर्ब ८३ करोड रहेको थियो । जगेडा कोषमा ६ अर्ब ०७ करोड रहेको छ भने कम्पनीको संचित नाफा ६६ करोड ०५ लाख रहेको छ ।
बैंकको निष्कृय कर्जा अनुपात ०.७५% छ भने गत बर्ष ०.४५% रहेको थियो । कोषको लागत ७.०२%, बेसरेट ९.६१% र कर्जा निक्षेप अनुपात ७८.१८% रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु ३४.६८ नेटवर्थ रु १६९.३१ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १४.३० गुणा रहेको छ ।