nmb bank

एनएमबि बैंकले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले यस त्रैमासमा १ अर्ब ८८ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ६५ करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा १४% ले बृद्धि छ । वितरण योग्य नाफा ५८ करोड ७७ लाख रहेको छ ।

बैंकले १ खर्ब २७ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १५ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९७ अर्ब ८९ करोड निक्षेप संकलन गरेर ८८ अर्ब ४८ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ४ अर्ब २९ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ०९ करोड रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब ८७ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ३४ करोड रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी १३ अर्ब ९५ करोड छ भने जगेडा कोषमा ६ अर्ब ३३ करोड रहेको छ । कम्पनीको संचित नाफा ७ करोड ९४ लाख र सेयर प्रिमियम १२ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात २.४८% छ भने गत बर्ष ०.७९% रहेको थियो । कोषको लागत ७.०९%, बेसरेट ९.९९% र कर्जा निक्षेप अनुपात ७६.१६% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १८.६९ नेटवर्थ रु १४६.८३ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात २०.१७ गुणा रहेको छ ।

Visa Travels