sagarmatha insurance

सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
यस त्रैमासमा १७ करोड ४१ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १७ करोड १९ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा १.२९% ले बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीले ७४ करोड ३६ लाख खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ८३ करोड ६१ लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । त्यसैगरी पुनर्वीमा कमिशनबाट ३३ कारोड ०२ लाख र लगनी, कर्जा तथा अन्यबाट ६ कारोड ३७ लाख आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ४२ करोड ९९ लाख खुद दावी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन वापत ३ करोड २१ लाख र व्यवस्थापन खर्च १८ कोरोड १२ लाख गरेको छ ।

कुल भुक्तानी हुन बाँकी दावी रकम रु ९६ करोड ११ लाख रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब रहेको छ भने जगेडा कोषमा ३४ करोड ४७ लाख रहेको छ । कम्पनीको बीमा कोषमा ६२ करोड १३ लाख रहेको छ र महाविपति जगेडा कोषमा ११ कारोड १६ लाख रहेको छ । ।

कम्पनीको प्रति सेयर आम्दानी रु २३.१९ र नेटवर्थ रु २०७.६५ रहेको छ । मुल्य आम्दानी अनुपात २५.०१ गुणा रहेको छ ।

Visa Travels