प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
यस त्रैमासमा १५ करोड २२ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १४ करोड ०२ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा ८.५८% ले बृद्धि भएको छ ।
यस अवधिमा कम्पनीले ४३ करोड ४० लाख खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ३९ करोड ५४ लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । त्यसैगरी पुनर्वीमा कमिशनबाट ११ कारोड ३३ लाख र लगानी, कर्जा तथा अन्यबाट २ कारोड ८६ लाख आर्जन गरेको छ ।
यस अवधिमा कम्पनीले १४ करोड ६८ लाख खुद दावी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन वापत २ करोड ५७ लाख र व्यवस्थापन खर्च १२ कोरोड ७१ लाख गरेको छ ।
कुल भुक्तानी हुन बाँकी दावी रकम रु १६ करोड ३८ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब रहेको छ भने जगेडा कोषमा २३ करोड ०३ लाख रहेको छ ।
कम्पनीको बीमा कोषमा ६५ करोड ३३ लाख र कहाविपत्त कोषमा ९ कारोड २५ लाख रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु १५ र नेटवर्थ रु १९७ रहेको छ । मुल्य आम्दानी अनुपात २४ गुणा रहेको छ ।