RSDC laghubitta

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा २६.९९% ले बृद्दी छ ।

लघुवित्तले यस त्रैमासमा ५ करोड ४३ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ४ करोड २८ लाख नाफा आर्जन गरेको थियो ।

लघुवित्तले २ अर्ब ९९ करोड कर्जा सापटी गरेर ३ अर्ब १० करोड कर्जा विस्तार गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ६५ करोड कर्जा सापटी गरी २ अर्ब २९ करोड कर्जा विस्तार गरेको थियो ।

लघुवित्तको खुद व्याज आम्दानी ९ करोड ६१ लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा ८ करोड ३४ लाख रहेको थियो ।

लघुवित्तको सञ्चालन मुनाफा ८ करोड ३८ लाख रहेको छ भने गत आर्थिक वर्षमा ६ कारोड ४६ लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ६७ करोड १५ लाख रहेको छ भने जगेडा कोषमा १२ करोड २० लाख रहेको छ ।

लघवित्तको निष्कृय कर्जा ०.१६% रहेको छ भने गत आर्थिक वर्ष ०.३०% रहेको थियो ।

कम्पनीको प्रति सेयर आम्दानी रु १०.८० र नेटवर्थ रु ११८.८४ रहेको छ । मुल्य आम्दानी अनुपात ४०.८४ गुणा रहेको छ ।

Visa Travels