sanima bank

सानिमा बैंकले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले यस त्रैमासमा १ अर्ब ६१ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ५७ करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा २.७५% ले बृद्धि छ । वितरण योग्य नाफा ५७ करोड ६७ लाख रहेको छ ।

बैंकले १ खर्ब निक्षेप संकलन गरेर ९२ अर्ब ११ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८९ अर्ब ३७ करोड निक्षेप संकलन गरेर ८१ अर्ब ४१ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ३ अर्ब २४ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ९१ करोड रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा २ अर्ब २९ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २४ करोड रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ८ अर्ब ८० करोड छ भने जगेडा कोषमा ३ अर्ब २४ करोड रहेको छ । कम्पनीको संचित नाफा ६४ करोड ३७ लाख रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.१६% छ भने गत बर्ष ०.१२% रहेको थियो । कोषको लागत ७.२९%, बेसरेट ९.२५% र कर्जा निक्षेप अनुपात ७८.०४% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु २४.५२ नेटवर्थ रु १४४.२४ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १३.२१ गुणा रहेको छ ।

Visa Travels