sanima life insurance

सानिमा लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

यस त्रैमासमा ७ करोड ६९ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ७ करोड ६८ लाख कमाएको थियो ।

यस अवधिमा कम्पनीले ५७ करोड ५८ लाख खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा २४ करोड ९५ लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । त्यसैगरी लगनी, कर्जा तथा अन्यबाट ४ कारोड ४ लाख आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले १४ लाख ९९ हजार खुद दावी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन वापत १२ करोड २७ लाख र व्यवस्थापन खर्च १२ कोरोड २५ लाख गरेको छ ।

यस कम्पनीको कुल कायम रहेको वीमालेखको संख्या २३ हजार २ सय ७१ रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रहेको छ भने जगेडा कोषमा ११ करोड ८७ लाख रहेको छ । कम्पनीको जिवन बीमा कोषमा ७७ करोड २३ लाख र महाविपत्ती जगेडामा १ करोड ३१ लाख रहेको छ ।

Visa Travels