nirdhan utthan laghubitta

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले यस त्रैमासमा ४७ करोड ३२ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ५२ करोड ७५ लाख नाफा आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा १०.२९% ले घटेको छ ।

लघुवित्तले ६ अर्ब ८८ करोड कर्जा सापटी र १२ अर्ब ८२ करोड निक्षेप संकलन गरेर २० अर्ब ७३ करोड कर्जा विस्तार गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ७ अर्ब २६ करोड कर्जा सापटी र १० अर्ब २७ करोड निक्षेप संकलन गरी १८ अर्ब ५५ करोड कर्जा विस्तार गरेको थियो ।

लघुवित्तको खुद व्याज आम्दानी १ अर्ब १७ करोड रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा १ अर्ब १५ करोड रहेको थियो ।

लघुवित्तको सञ्चालन मुनाफा ७४ करोड ९५ लाख रहेको छ भने गत आर्थिक वर्षमा ८१ कारोड ६५ लाख रहेको थियो ।

व्याज खर्च, कर्मचारी खर्च तथा संचालन खर्चमा बृद्धि हुँदा संस्थाको नाफा घटेको हो ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ५० करोड रहेको छ भने जगेडा कोषमा १ अर्ब ६१ करोड रहेको छ ।

लघवित्तको निष्कृय कर्जा १.७६% रहेको छ भने गत आर्थिक वर्ष १.११३% रहेको थियो ।

कम्पनीको प्रति सेयर आम्दानी रु ४२.०७ र नेटवर्थ रु २०७.७९ रहेको छ । मुल्य आम्दानी अनुपात २१.६३ गुणा रहेको छ ।

Visa Travels