financial reports

एनएमबि लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले यस त्रैमासमा ४ करोड ५९ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ३ करोड ३२ लाख नाफा आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ३८.१४% ले बृद्धि भएको छ ।

लघुवित्तले २ अर्ब २८ करोड कर्जा सापटी र १ अर्ब ४० करोड निक्षेप संकलन गरेर ३ अर्ब ५५ करोड कर्जा विस्तार गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ८७ करोड कर्जा सापटी र ९६ करोड ११ लाख निक्षेप संकलन गरी २ अर्ब ७९ करोड कर्जा विस्तार गरेको थियो ।
लघुवित्तको खुद व्याज आम्दानी १७ करोड ६८ लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा १४ करोड ३० लाख रहेको थियो ।

लघुवित्तको सञ्चालन मुनाफा १ करोड ४९ लाख रहेको छ भने गत आर्थिक वर्षमा ५ कारोड ११ लाख रहेको थियो । लघुवित्तले ६ करोड ९७ लाख प्रोभजिनङ गरेको छ भने प्रोभिजनबाट फिर्ता ५ कारोड ६९ लाख रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी ४० करोड ५० लाख रहेको छ भने जगेडा कोषमा २४ करोड ४८ लाख रहेको छ ।

लघवित्तको निष्कृय कर्जा ३.४६% रहेको छ भने गत आर्थिक वर्ष २.४५% रहेको थियो ।

कम्पनीको प्रति सेयर आम्दानी रु १३.५१ र नेटवर्थ रु १५३.९७ रहेको छ । मुल्य आम्दानी अनुपात ५५.८७ गुणा रहेको छ ।

Visa Travels