prudential insurance

प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

यस त्रैमासमा ९ करोड ०६ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १२ करोड ७२ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा २८.८% ले घटेको छ ।

यस अवधिमा कम्पनीले ३० करोड २४ लाख खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ३५ करोड ५७ लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । त्यसैगरी पुनर्वीमा कमिशनबाट ९ कारोड ५५ लाख र लगनी, कर्जा तथा अन्यबाट ३ कारोड ६२ लाख आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले २० करोड ३४ लाख खुद दावी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन वापत ३ करोड ७४ लाख र व्यवस्थापन खर्च १३ कोरोड ०७ लाख गरेको छ ।

कुल भुक्तानी हुन बाँकी दावी रकम रु ४२ करोड ०३ लाख रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी ६४ करोड १५ लाख रहेको छ भने जगेडा कोषमा २२ करोड ९० लाख रहेको छ । कम्पनीको बीमा कोषमा ५१ करोड २७ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १८.८३ र नेटवर्थ रु २२२.८७ रहेको छ । मुल्य आम्दानी अनुपात २१.४५ गुणा रहेको छ ।

Visa Travels