reliance life insurance

रिलायन्स लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित गरेको छ ।

यस त्रैमासमा ६ करोड १८ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २ करोड ७० लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा १२८.८१% ले बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीले ७९ करोड ७१ लाख खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ३७ करोड ६७ लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । त्यसैगरी लगनी, कर्जा तथा अन्यबाट ६ कारोड १८ लाख र वीमालेख धितो कर्जाबाट २० लाख आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ९१ लाख ३३ हजार खुद दावी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन वापत १५ करोड ९० लाख र व्यवस्थापन खर्च २२ कोरोड ५० लाख गरेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४७ करोड रहेको छ भने जगेडा कोषमा १४ करोड ९६ लाख रहेको छ । कम्पनीको जिवन बीमा कोषमा ८६ करोड ९८ लाख र महाविपत्ती जगेडामा १ करोड ६६ लाख रहेको छ ।

Visa Travels