sana kisan bikas laghubitta

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले यस त्रैमासमा ४३ करोड ५० लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ३४ करोड ५९ लाख नाफा आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा २५.७५ प्रतिशतले बृद्धि भएको छ ।

लघुवित्तले १९ अर्ब ७९ करोड कर्जा सापटी गरेर २२ अर्ब १२ करोड कर्जा विस्तार गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १६ अर्ब ४६ करोड कर्जा सापटी र गरी १९ अर्ब ०७६ करोड कर्जा विस्तार गरेको थियो ।

लघुवित्तको खुद व्याज आम्दानी ७९ करोड ५० लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा ६५ करोड ४० लाख रहेको थियो ।

लघुवित्तको सञ्चालन मुनाफा ६५ करोड ५० लाख रहेको छ भने गत आर्थिक वर्षमा ५४ कारोड ३२ लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब रहेको छ भने जगेडा कोषमा १ अर्ब ८६ करोड रहेको छ ।

लघवित्तको निष्कृय कर्जा ०.६५% रहेको छ भने गत आर्थिक वर्ष ०.१६% रहेको थियो ।

कम्पनीको प्रति सेयर आम्दानी रु ५८ र नेटवर्थ रु १८६.१० रहेको छ । मुल्य आम्दानी अनुपात १७.०७ गुणा रहेको छ ।

Visa Travels