सानिमा माई हाइड्रोपावरले लिमिटेडले आर्थिक वर्ष २०७६–७७ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
यस त्रैमासमा ३१ करोड १८ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २२ करोड ९३ लाख कमाएको थियो । तुलनाको अवधिमा नाफा ३५.९६% ले वृद्धि भएको छ ।
यस अवधिमा विद्युत विक्री आय ८७ करोड ०१ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ६० करोड २८ लाख रहेको थियो । त्यसैगरी वित्तीय आम्दानी १ करोड ०६ लाख आर्जन गरको छ ।
कम्पनीको संचालन खर्च १३ करोड ९१ लाख रहेको छ भने व्याज खर्च १८ करोड ४७ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ३२ करोड रहेको छ भने सेयरधनीकोषमा ६० कारोड ३५ लाख रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु १२।२० र नेटवर्थ रु १२३।६५ रहेको छ ।