लामो समय देखि बन्द रहेको शेयर बजार आगामी मंगलबारदेखि शेयर बजार खोल्न धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको छ। आइतबार र सोमबार आवश्यक तयारी पुरा गरी मंगलबार देखि बजार खुल्ला रहनेभएको छ । बोर्डको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
यद्यपि, कारोबार अवधि भने दुई घण्टाको मात्र हुनेछ। बोर्डले बिहान ११ बजेदेखि १ बजेसम्म कारोबार खुल्ला गर्न नेप्सेलाई निर्देशन दिएको हो। साथै सर्किट ब्रेकरको नियममा दुई प्रतिशतको सर्किट ब्रेकरको व्यवस्था गरिने बोर्डले बताएको छ।