नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृतक सुर्खेतका पञ्चपुरीका २८ वर्षे पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । उनी गत जेठ ८ गते भारतबाट आएर स्थानिय क्वारेन्टिनमा १४ दिन बसेको थिए र उनी घर फर्कदा आरडिटी चेक गर्दा नेगेटिभ आएको थियो । २२ गते घर गएकै दिन मृत्य भएको थियो ।
क्वारिन्टिनमा बस्दा कुनै पनि लक्षण निदेखिएको देवकोटाले जानकारी दिए । मृत्यु पछि पिसीआर गर्दा पोजेटिभ देखिएको हो । हाल सम्म मृत्यु हुनेको संख्या ११ पुग्यो ।