नेपालमा थप २७८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा २७८ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सँगै कुल संक्रमित संख्या २९१२ जना पुगेको छ । आज ४३ जना डिस्चार्ज भएको छ । हाल सम्म कोरोना भाइरसलाई जेतेर ३३३ जना घर फर्किन सफल भएका छन् । हाल सम्म मृत्यु हुनेको संख्या ११ पुग्यो ।

Visa Travels