नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशन गर्न बुक बिल्डिङ्ग सम्बन्धी निर्देशिकाको प्रारम्भिक मस्यौदा तयार गरेको छ। बुक बिल्डिङ्ग सम्बन्धी निर्देशिकाको मस्यौदामा राय सुझाव दिन सरोकारवालाहरुलाई आग्रह गरेको छ।
बोर्डले यहि असार १४ गते भित्र बोर्डको इमेल corporate.finance@sebon.gov.np मा सुझाव पेश गर्न अनुरोध गरेको हो।
बुक विल्डिङ्ग भनेकोे संगठित संस्थाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा धितोपत्रको निष्काशन मूल्य निर्धारण गरिने विधि वा प्रक्रिया हो ।