chandragiri hills

चन्द्रागिरी हिल्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा जेठ २५ गते आवदेन दिएको छ ।

कम्पनीले सर्वसाधारण र स्थानियलाई गरी कुल १८,४०,९१० कित्ता सेयर रु १८ करोड ४० लाख बराबरको आईपिओ निष्काशन गर्नेछ । चुक्तापुंजीको २% अर्थात् ३ लाख ६ हजार ८१९ कित्ता आयोजना प्रभावित स्थानीयलाई र १०% अर्थात् १५ लाख ३४ हजार ९१ कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।

विक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्याटिललाई नियुक्ति गरेको छ ।

आईपीओ जारी पश्चात कम्पनीको चुक्तापुंजी १ अर्ब ५३ करोड पुग्नेछ । त्यस मध्य ८८% सेयर संस्थापकहरुको रहनेछ ।

Visa Travels