nagarik lagani kosh

नागरिक लगानी कोषले वार्षिक साधारणसभा आह्वान गरेको छ । कोषको २५ औं वार्षिक साधारणभा २०७७ असार २० गते, कोषको नयाँ भवन परिसर, नयाँ बानेश्वर, काठमाडौं बिहान ११ः०० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको २२% बोनस सेयर र १.१६% नगद लाभांश प्रस्ताव गर्नेछ ।

बोनस सेयर वितरण पश्चात कायम हुन आउने सेयरको ८२.९८४% अर्थात् १ः८२८४ हकप्रद सेयर निष्काशन गर्न स्वीकृति प्रदान गर्नेछ ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्नेछ ।

आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभा प्रयोजनको लागि २०७७ असार १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार ९ गते सम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels