जनरल इन्स्योरेन्सले पनि आईपिओ निष्काशन गर्ने

initial public offering - IPO

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । आईपिओ निष्काशन गर्न अनुमति माग गर्दै धितोपत्र बोर्ड समक्ष अषाढ ०५ गते आवेदन दिएको छ ।

कम्पनीले ३०% अर्थात् ३०,००,००० कित्ता आईपीओ सेयर प्रतिकित्ता रु. १०० रुपैयाँका दरले सर्वसाधारणलाइ निष्काशन गर्नेछ ।

आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ ।

आईपीओ निष्काशन पश्चात यस कम्पनीको चुक्तापुँजी एक अर्ब पुग्नेछ । हाल यस कम्पनीको चुक्तापुँजी ७० करोड रहेको छ ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here