गुराँस लाईफ इन्स्योरेन्सको १ः१ हकप्रद सेयर आजबाट निष्काशन खुल्यो

Gurans life insurance

गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ः१ हकप्रद सेयर २०७७ असाढ १४ गते देखि निष्काशन हुने भएको छ । निष्काशन बन्द २०७७ श्रावन ०४ बैंकिङ्ग समय पश्चात हुनेछ । गत चैत्र २० देखि जारी गर्ने भनिएकोमा सरकारले लकडाउन घोषणा गरेकोले निष्काशन स्थगित गरेको थियो ।

कम्पनीले १००% अर्थात् ९,३८५,२०० कित्ता हकप्रद सेयर रु १०० का दरले विक्री गर्नेछ । योग्य सेयरधनीहरुले सिआस्वा सदस्य बैंक तथा वित्तीयहरु मार्फत आवेदन गर्न सक्नेछन् ।

निष्काशन तथा विक्री प्रबन्धक एनएमवि क्यापिटल लिमिटेड रहेको छ ।

काम्पनीको चुक्तापुँजी हकप्रद निष्काशन पश्चात १ अर्ब ८७ करोड पुग्नेछ । हाल यस कम्पनीको चुक्तापुँजी ९३ करोड ३८ लाख रहेको छ ।

२०७६ फागुन २१ गते सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद सेयरका लागि आवदेन दिन सक्नेछन् ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here