अजोड इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने – बोर्डबाट अनुमति पायो

ipo of ajod insurance

नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स लिमिटेडलाई ३० करोड बराबरको आइपीओ निष्काशन गर्न २०७७ अषाढ ०७ गते अनुमति प्रदान गरेको छ ।

कम्पनीले ३०% अर्थात् ३०,००,००० कित्ता आईपीओ सेयर प्रतिकित्ता रु. १०० रुपैयाँ दरले सर्वसाधारणबाट निष्काशन गर्नेछ ।

आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशन पश्चात यस कम्पनीको चुक्तापुँजी १ अर्ब पुग्नेछ । यस आइपीओलाई कियर रेटिङ्ग नेपालले ग्रेड ४ प्रदान गरेको छ जो औसत भन्दा तलको ग्रेड हो ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here